कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ १८, २०८२
|
|
२८ पटक हेरिएको
Shares
कुलिङ पिरियडको मनोमानी राष्ट्रिय लज्जाको विषय : माओवादी

सारांश

  • प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी विषयमा गरिएको मनोमानी राष्ट्रिय लज्जाको विषय भएको जनाएको छ ।
  • प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गर्दै कुलिङ पिरियडमा अवकाश पाएका कुनै पनि सरकारी कर्मचारीले दुई वर्ष कुनै नियुक्ति खान नपाइने विषयलाई घुमाउरो हिसाबले बदल्नु गम्भीर मनोमानी भएको बताए ।
  • ‘समितिमा निजामती विधेयकको कुलिङ पिरियड सन्दर्भमा सर्वसम्मतीले दुई वर्ष राख्ने विषय पारित भएको थियो ।

१८ असार, काठमाडौँ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादीले केन्द्रले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी विषयमा गरिएको मनोमानी राष्ट्रिय लज्जाको विषय भएको जनाएको छ । प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकार सम्मेलन गर्दै कुलिङ पिरियडमा अवकाश पाएका कुनै पनि सरकारी कर्मचारीले दुई वर्ष कुनै नियुक्ति खान नपाइने विषयलाई घुमाउरो हिसाबले बदल्नु गम्भीर मनोमानी भएको बताए । ‘समितिमा निजामती विधेयकको कुलिङ पिरियड सन्दर्भमा सर्वसम्मतीले दुई वर्ष राख्ने विषय पारित भएको थियो ।

सरकारी कर्मचारी, प्रहरी, सेना, सबैलाई अवकाश पाएको दुई वर्ष नभई अन्य कुनै पनि नियुक्ति गर्न नपाइनेमा प्रष्ट सहमति थियो,’ सापकोटाले भने, ‘तर तर यसलाई घुमाउरो ढंगले कुलिङ पिरियड हटाउने विषय गम्भीर छ । राष्ट्रिय लज्जाको विषय हो । संगीन प्रश्न उठेका छन् । यसको जिम्मा संघीय संसद्को नेतृत्वले लिनुपर्छ ।’ सांसदले व्यक्तिगत धारणा राख्ने कुरा एउटा भए पनि यस विषयमा गम्भीरवतापूर्वक छानबिन हुनुपर्ने मत माओवादीले अगाडि सारेको छ ।

‘हामी जिम्मेवारी प्रतिपक्षी हौं । हामी पनि सूचना संकलन गरिरहेका छौं । यो विषय असामान्यरूपमा आएको छ,’ सापकोटाले भने, ‘कर्मचारीले यो देशलाई बिर्ताजस्तो ठानेका छन् । तर विधेयकमार्फत यसको निरन्तरताको क्रमभंगको रूपमा आएको थियो । यसमा विश्वासघात भएको छ । सरकार, सांसदका गतिविधि हेरेका छौं । चाँडो छानबिन हुँदैन, सत्य तथ्य बाहिर ल्याइँदैन भने अर्को कदम चाल्न बाध्य हुन्छौं । अझै कडा धारणा सार्वजनिक गर्छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
रुसमा कन्सर्ट हलमा आतंकवादी आक्रमणः कम्तीमा ६० जनाको मृत्यु
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
स्वास्थ्य क्षेत्रमा बजेट घट्नु राम्रो होइन : अर्थमन्त्री खनाल
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण सुरू
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
जेनजी प्रदर्शनकारीमाथि दमन नगर्न एकीकृत समाजवादीको माग
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
तीन समस्याग्रस्त सहकारीका १४८ बचतकर्ताले पाए रकम फिर्ता
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
विमानस्थलबाट लागू औषधसहित २ विदेशी पक्राउ, देशभरबाट २७
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ
संविधान संशोधनका नाममा लोकतन्त्र कमजोर पार्ने प्रयास स्वीकार्य हुँदैन : श्रेष्ठ