Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १५, २०८२
|
|
३९ पटक हेरिएको
Shares
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्

सारांश

  • राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।
  • आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन् ।
  • ‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न ।

१५ असार, काठमाडौं ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले शहरी विकास मन्त्रालयको नाम परिवर्तन गरी ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय राख्न सुझाव दिएका छन् । आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद मिश्रले उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री भएको बेला मन्त्रीपरिषद् बैठक बोलाएर नाम परिवर्तन गर्न सुझाव दिएका हुन् ।

‘‘म शहरी विकास मन्त्रालयको बारेमा धेरै भन्न चाहन्न । काम र नाम मिलेन कि ?,’ उनले भने, ‘तसर्थ ग्रामीण उत्थान तथा शहरी विकास मन्त्रालय यसको नाम राख्नुपर्छ ।’ उनले अगाडि थपे, ‘अहिले त उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री अहिले कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ । आफैँ भएको बेलामा क्याबिनेट राखेर यसको नाम बदल्दाखेरी जस्तो कामहरू भएको छ त्यो सजिलो हुन्छ कि ?’ सांसद मित्रश्रले राजश्व चुहावटमा कडा ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिए । वनलाई नोक्सान पुर्‍याइरहेका रुख कटान गरी उपयोग गर्न पनि उनले सुझाए । सांसद मिश्रले काठमाडौंका नदीनाला र खोला स्वच्छ र सफा राख्न स्थानीय जनपरिचालन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
सरकार र शिक्षक मुठभेटमा : बोर्डले परीक्षा गर्ने, शिक्षक सहभागी नहुन महासंघको निर्देशन
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
लागूऔषधसहित ४ जना पक्राउ
लागूऔषधसहित ४ जना पक्राउ
अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ
अनलाइनबाट साढे २ करोड बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
निर्वाचनसम्बन्धी छलफलका लागि आयोगले पठायो राजनीतिक दललाई पत्र
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
म्यानमार भूकम्प अपडेट : ७०४ जनाको मृत्यु
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम
पहिलो महिनामा निर्यात झन्डै दोब्बर तर व्यापार घाटा अझै कायम