१५ असार २०८२, आईतवार

गाजामा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो

१५ असार, इजरायली ।

इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा स्थानीयहरूको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।

अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment