यातायात कार्यालयमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ
११ असार, काठमाडौं ।
यातायात व्यवस्था कार्यालय चन्द्रागिरिमा सेवाग्राहीलाई हैरानी दिएको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–६ बस्ने २९ वर्षीय विकास तामाङ, मकवानपुरका २५ वर्षीय सुशील अधिकारी, सर्लाहीका २४ वर्षीय अनिश ठकुरी, मकवानपुरकै १९ वर्षीय छिरिङ लो, धादिङका २७ वर्षीय मनोज तामाङ र गोरखाका २४ वर्षीय राजीव खत्री छन् ।
उनीहरूले चन्द्रागिरी गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । पक्राउ परेकाविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट अभद्र व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment