बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ १०, २०८२
|
|
२८ पटक हेरिएको
Shares
बजेटमा दोहोरोपना छैन : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना नभएको बताएका छन् ।
  • मंगलबार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मानवअधिकार सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने विषय फरक-फरक भएको हुँदा चालु खर्च अन्तर्गतका खर्चहरूमा दोहोरोपना नरहेको उनले स्पष्ट पारे ।

 

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा दोहोरोपना नभएको बताएका छन् । मंगलबार विनियोजन विधेयक एवं खर्च कटौतीमाथि छलफलका क्रममा सांसदहरूले उठाएका विषयबारे जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मानवअधिकार सम्बन्धी प्रतिवेदन प्रकाशन गर्ने विषय फरक-फरक भएको हुँदा चालु खर्च अन्तर्गतका खर्चहरूमा दोहोरोपना नरहेको उनले स्पष्ट पारे ।

राष्ट्रिय योजना आयोगको काम मन्त्रालयहरूबाटै भइरहेको भन्दै आयोगको औचित्यको सम्बन्धमा सांसदहरूले उठाएको प्रश्नलाई प्रधानमन्त्री ओलीले यो विषय प्रश्नै उठाउन नहुने खालको भएको तर्क गरे । ‘यस विषयमा सांसदहरूले प्रश्न उठाइसक्नु भएको छ । त्यसैले यसबारे म स्पष्ट पार्न चाहन्छु । आयोगले लामो समय भयो र यो अन्तर्राष्ट्रिय प्राक्टिस पनि हो दुनिया भरिको । दीर्घाकालीन सोच र तथ्यपरक नीति योजना तर्जुमा अनुगमन तथा मूल्यांकन तहगत समन्वय र अध्ययन अनुसन्धान तथा अन्वेषण कार्य गर्दै आएको माननीयहरूलाई थाहै छ । देशको विकास योजना तथा नीति तर्जु कार्यमा सल्लाह दिने सर्वोच्च निकायको रूपमा रहेको यस आयोगले आवधिक योजना समेत तर्जुमा गर्दै आएको छ । विद्यमान संघीय संरचनामा देशका समष्टीगत एवं एकीकृत नीति तथा योजना निर्माण गर्न यस आयोगको सान्दर्भिकता झनै बढेको छ ।

संघीयतालाई दीगो र सवलीकरण बनाउन तीनै तहका सरकारले तर्जुमा गर्ने योजना तथा विकास निर्माणमा एक रूपता दिन र विकासको राष्ट्रिय मानक तयार पार्न यस आयोगको महत्त्वपूर्ण भूमिका रहेको छ,’ उनले भने । योजना बैंक अनुसार छनोट भए/नभएको र ३ करोड रुपैयाँको बजेट सीमा पालना नभएको भन्ने प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यससम्बन्धमा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ ले आयोगमा राष्ट्रिय स्तरको आयोजना बैंक रहने व्यवस्था गरेको छ । राष्ट्रिय योजना आयोजना बैंक प्रणालीमा ३ करोडभन्दा कम लागतका आयोजना प्रविष्ट नगर्ने आयोजना बैंक मापदण्डमा व्यवस्था छ । आयोगले आयोजना बैंकको प्रभावकारी कार्यान्वयका लागि २०८१ चैतमा संघीय संसदका माननीय तथा नेपाल सरकारका मन्त्री तथा सचिवहरूसँग छलफल गरिसकेको छ । आगामी दिनमा यसको प्रभावकारिताबारे प्राथमिकता दिइने छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
रास्वपाको केन्द्रीय सदस्यमा शिक्षामन्त्री सस्मित पोखरेलको उम्मेदवारी
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
जनकपुरस्थित धानखेतमा एक युवकको शव फेला
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
भक्तपुरमा स्कुटर दुर्घटना हुँदा श्रीमान्‌को मृत्यु, श्रीमती गम्भीर घाइते
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृ*त्यु
जेनजी आन्दोलनमा क्रिकेट खेलाडीको पनि मृ*त्यु
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो, यसमा मित्रराष्ट्रहरूले चित्त दुखाउनुपर्दैन : गृहमन्त्री लेखक
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ
बिहार विधानसभा चुनावका कारण नेपाल-भारत सीमामा कडाइ