घरबाट हराएका बालकको २ दिनपछि श*व फेला
१० असार, झापा ।
झापाको कमल गाउँपालिका–१ स्थित कृष्णखोलाको किनारमा आज बिहान एक बालकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान इलाका प्रहरी कार्यालय तोपगाछीलाई शरीरमा कपडा नभएको अन्दाजी १२ वर्ष उमेरको बालकको शव बगाएर ल्याएको भन्ने सूचना प्राप्त भएको थियो ।
लगत्तै प्रहरी टोली घटनास्थलमा खटिएर शवको पहिचान गर्ने क्रममा मृतक सोही ठाउँका मिङमारेन्जे शेर्पाका १२ वर्षीय छोरा सुसान भएको खुलेको उहाँले जानकारी दिनुभयो । प्रहरीका अनुसार सुसान मिति २०८२ असार ८ गते दिउँसो ३ बजेदेखि घरबाट कसैलाई जानकारी नदिई निस्केका थिए । आफन्त तथा छिमेकीले खोजी गर्दा फेला नपरेपछि बालकका पिताले असार ९ गते इलाका प्रहरी तोपगाछीमा हुलिया विवरणसहित निवेदन दिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment