सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने मन्त्रिपरिषद्को निर्णय

९ असार, काठमाडौं ।
सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि ३० वर्ष ननाघ्नेगरी पदावधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । थपिएको पदावधि अनुसार धवौजीको कार्यकाल २०८२ असोज २४ गतेसम्म रहनेछ भने न्यौपानेको २०८२ माघ २९ गतेसम्म रहनेछ ।




Post Comment