१५ असार २०८२, आईतवार

चितवनले दोस्रो सिजनको एनपिएलका लागि गर्‍यो कुशल मल्लसहित ६ खेलाडी रिटेन

९ असार, चितवन । 

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि चितवन राइनोजले ६ खेलाडी रिटेन गरेको छ। चितवनले अघिल्लो सिजनका मार्की खेलाडी अलराउन्डर कुशल मल्लसहित तीव्र गतिका बलर रिजन ढकाल, दिपक बोहरा, अमरसिंह रटेउला, कमलसिंह ऐरी र गौतम केसीलाई रिटेन गरेको छ।

अघिल्लो सिजन टोलीमा रहेका विपिन रावल, दिपेश श्रेष्ठ, रञ्जित कुमार, सन्तोष कार्की र शरद भेष्वाकर भने रिलिज भएका छन्। नेपाल प्रिमियर लिगको मिनि अक्सन हुनुअघि टोलीहरूले खेलाडीहरु रिटेन र रिलिज थालेका हुन्। यसअघि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, ईशान पाण्डे र नरेन साउदलाई रिटेन गरेको थियो। दोस्रो सिजन आगामी अगस्टमा गर्ने नेपाल क्रिकेट संघ (क्यान) को तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment