इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन् : परराष्ट्रमन्त्री राणा
९ असार, काठमाडौं ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएका जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा बोल्दै मन्त्री राणाले यस्तो जानकारी गराउनुभएको हो । सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण सङ्कलन गरिरहेको छ ।
इजरायल–इरान युद्धका कारण इजरायल र इरानसहित अन्य प्रभावित देशहरूमा रहेका नेपाली नागरिकको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको मन्त्री राणाको दाबी छ । उहाँले सम्बन्धित देशहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि उल्लेख गर्नुभयाे । यस्तै मन्त्री राणाले भारतमा बन्दी बनाइएका ५७ जना नेपालीको उद्धार गरिएको जानकारी गराउनुभयाे । इजरायल–गाँजा युद्धमा बेपत्ता भएका नेपाली विद्यार्थी वीपिन जोशीको रिहाइको लागि समेत सरकार प्रयासरत रहेको उहाँकाे भनाइ छ ।
Post Comment