गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ९, २०८२
|
|
२८ पटक हेरिएको
Shares
गोरखामा सडक भासियो, यातायात सेवा अवरुद्ध

सारांश

  • गोरखाको सहिद लखन गाउँपालिका–७, ढुंगागाढे भञ्ज्याङनजिकै सडक भासिएको छ ।
  • त्योसँगै ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।
  • गए राति (असार ८)को वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

९ असार, गोरखा ।

गोरखाको सहिद लखन गाउँपालिका–७, ढुंगागाढे भञ्ज्याङनजिकै सडक भासिएको छ । त्योसँगै ढुंगागाढे–खाब्दी भञ्ज्याङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । गए राति (असार ८)को वर्षाले सडक भासिएर दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको सहिद लखन–७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनले भने, “गत वर्ष वर्षाले सामान्य क्षति पुगेको उक्त सडक समयमा मर्मत नहुँदा गए रातिको भीषण वर्षाले थप क्षति पुगेको हो ।

गएको बर्खादेखि नै सडक भासिएर जोखिमपूर्ण अवस्थामा रहँदै आएको थियो । अहिले त चारपांग्रे सानाठूला कुनै पनि सवारीसाधन सञ्चालन हुन सक्ने अवस्था छैन । सहिद लखन गाउँपालिका प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि त्यहाँबाट आवातजावत गर्ने यात्री समस्यामा परेका छन् । सडक भासिएकाले मोटरसाइकल र पैदलयात्री जोखिम मोलेर ओहोरदोहोर गर्नुपर्ने अवस्था छ । सडक पूर्वाधार विकास कार्यालयले शनिबार (असार ७) देखि बाटो पुनर्निर्माणको काम सुरु गरेको थियो । तर, वर्षाका कारण निर्माण कार्या प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?