२६ भाद्र २०८२, बिहीबार

जनमत सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

८ असार, काठमाडौं । 

जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेको छ ।

समानुपातिक सांसद रायमाझीविरुद्ध ३ लाख २५ हजार रुपैयाँको चेक बाउन्स भएको अभियोगमा १६ जेठमा पुर्जी जारी गरिएको पर्सा प्रहरी स्रोतले जनाएको छ । पर्सा प्रहरीले उनलाई पक्राउ गर्न बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ । हालसम्म रायमाझीसँग सम्पर्क स्थापित हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment