एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
एसीसी यु- १६ : सिंगापुरमाथि नेपालको सहज जित, प्रसिद्धले बनाए अर्धसतक

सारांश

  • सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ ।
  • सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .
  • १६.

८ असार, काठमाडौं ।

सिंगापुरमा सुरु भएको एसीसी यु-१६ इस्ट जोन कपअन्तरगत आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । सिंगापुरले दिएको १३९ रनको मामूली लक्ष्य नेपालले ६ विकेट र .१६.३ ओभर बाँकी छँदा भेट्टायो । नेपाललाई लक्ष्यसम्म पुर्‍याउँदै ओपनर प्रसिद्ध जैसीले अद्र्धसतक बनाए । सुरूदेखि धैर्यपूर्ण ब्याटिङ गरेका उनले ९१ बलमा अद्र्धसतक पुरा गरेका थिए । उनी ५५ बलमा अविजित रहे ।

नेपालका अर्का ओपनर सुर्यान्सु कोइराला ब्याटिङका क्रममा घाइते भएर बाहिरिएका थिए । ९ रन बनाएर उनी मैदानबाट बाहिरिएपश्चात प्रसिद्धले तेस्रो नम्बरमा ब्याट्सम्यान रौनक श्रीवास्तवसँग बलियो साझेदारी गरे । आक्रामक ब्याटिङ गर्दै श्रीवास्तवले ४४ बलमा ४० रन जोडेका थिए । प्रसिद्ध र रौनकको साझेदारीले नै नेपाललाई जिततर्फ डोहोर्‍याएको थियो । यसअघि पहिले बलिङ गर्दै नेपालले सिंगापुरलाई १३५ रनमा रोकेको थियो । नेपाली टीमका कप्तान विपीनप्रसाद शर्माले ४ विकेट लिएपछि सिंगापुर कमजोर स्कोरमा समेटिएको हो ।

सिंगापुरका कप्तान रियान नाइकले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतक बनाए । चौथो नम्बरमा आएका उनले ५३ बलमा ५३ रन जोड्दै टीमलाई अगाडि बढाएका थिए । ओपनर आहान भुथान्दमले विष्फोटक ब्याटिङ गर्दै ३२ बलमा ३८ रन जोडेका थिए । सिंगापुरले ६५ रन बनाउँदासम्म दुई विकेटमात्र गुमाएको थियो । तर, त्यसपछि नेपालका कप्तान शर्मा खेलमा हावी भए । उनले ३४ रनको खर्चमा ४ विकेट लिँदै सिंगापुरको ब्याटिङ धराशयी बनाएका थिए । सिंगापुरले थप ७० रन जोड्दा ८ विकेट गुमाएको थियो । नेपालका लागि सचित भट्टले ६ ओभरमा १८ रन खर्चेर दुई विकेट लिएका छन् । यस्तै अभय यादव र शुभम खनालले एक-एक विकेट बाँडे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
बागमती प्रदेश सरकारको नौ महिनामा ३२ प्रतिशत बजेट खर्च
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
यौनजन्य हिंसाका पीडितलाई शीघ्र न्यायका लागि कानून संशोधन गर्ने कानुनमन्त्री गौतमको निर्णय
मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन
मन्त्री नियुक्तिमा विवाद : ‘प्रधानमन्त्री राजीनामा दे’ भन्दै मध्यरातमा बालुवाटारमा प्रदर्शन
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो
ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल
ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
निर्वाचन आयोगले राष्ट्रपति समक्ष पेश गर्‍यो वार्षिक प्रतिवेदन
निर्वाचन आयोगले राष्ट्रपति समक्ष पेश गर्‍यो वार्षिक प्रतिवेदन