१५ असार २०८२, आईतवार

 लमजुङमा हराएको व्यक्ति मृ*त फेला

७ असार, काठमाडौं ।

लमजुङको बेँसीसहर नगरपालिका–२ का ३१ वर्षीय बुधे सार्की हराएको दुई दिनपछि मृत फेला पर्नुभएको छ । बिहीबारदेखि बेपत्ता हुनुभएका सार्कीको शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले सार्कीको शव बेँसीसहर नगरपालिका–९, डम्पिङसाइटको पश्चिमतर्फ झिङ्गेखोलाको धारमा फेला परेको जानकारी दिनुभयो ।

ढुङ्गाको चेपमा शव रहेको सूचनापछि प्रहरी टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको थियो । बेँसीसहर नगरपालिका–२ की मनमाया सार्कीले प्रदेश अस्पताल बेँसीसहर पुगेर सो शव आफ्ना छोराको भएको भनी सनाखत गर्नुभएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पतालमा राखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हालसम्म कर्तव्य भएको आशङ्का गर्ने कुनै आधार फेला नपरेको र पोस्टमार्टमपछि विस्तृत विवरण प्राप्त हुने प्रहरी निरीक्षक साह तेलीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment