बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक
६ असार, काभ्रेपलाञ्चोक ।
बीपी राजमार्गमा १५ दिनका लागि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक सवारी चलाउन रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको खुर्कोटमा बसेको काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दे सो निर्णय गरेका हुन् ।
बाढीपहिरोको जोखिम रहेको भन्दै भोलिदेखि पहिलो चरणमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा यात्रु गाडी चलाउन रोक लगाउने निर्णय गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उक्त विवरणबारे जानकारी गराउन आजै तीन जिल्ला अधिकारीहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दैछन् ।
काभ्रेको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त भएकाले सार्वजनिक र निजी यात्रु गाडी चलाउन रोक लगाइएको हो । छलफलमा अन्तरजिल्लाको सहकार्य र समन्वयबीचबाटै यात्रुलाई सहज यात्रा गराउन सकिने सुरक्षा निकायका प्रमुखहरूले बताएका थिए ।
Post Comment