१५ असार २०८२, आईतवार

युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण, कम्तिमा १५ जनाको मृ*त्यु

३ असार, काठमाडौं ।

रुसले पछिल्ला हप्ताहरूमा युक्रेन विरुद्ध हवाई आक्रमणहरू तीव्र पारेको छ। युक्रेनी अधिकारीहरूले मंगलबार युक्रेनको राजधानी किभमा भएको रुसी आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताएका छन्। युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले  ४४० ड्रोन र ३२ वटा मिसाइल प्रहार गरिएको बताए।

यसैबीच,रुसी रक्षा मन्त्रालयले रुसी वायु रक्षा एकाइहरूले रातारात १४७ युक्रेनी ड्रोनहरू नष्ट गरेको दावी गरेका छन्। किभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण हुँदा मानिसहरू मध्यरातदेखि बिहानसम्म भूमिगत आश्रयस्थलहरूमा लुक्न बाध्य भएका छन्। युक्रेनी हवाई रक्षालाई कमजोर बनाउन रुसले ठूलो संख्यामा ड्रोन पठाइरहेको छ। युक्रेनले पनि रुसमाथि आक्रमण गरिरहेको छ। युद्धविरामको बारेमा दुई देशबीच अहिलेसम्म कुनै सम्झौता भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment