सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३, २०८२
|
|
१९ पटक हेरिएको
Shares
सङ्घीय निजामती विधेयक आज पारित गरिँदै

सारांश

  •   सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको सङ्घीय निजामती विधेयक आज पारित गरिने भएको छ ।
  • आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
  • मन्त्री गुप्ताले विधेयक पेश गरेलगत्तै आवश्यक छलफलपश्चात आजै पारित गर्ने तयारी छ ।

३ असार, काठमाडौं । 

सरकारी कर्मचारी र प्रशासन क्षेत्रले महत्वका साथ पर्खिरहेको सङ्घीय निजामती विधेयक आज पारित गरिने भएको छ । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

मन्त्री गुप्ताले विधेयक पेश गरेलगत्तै आवश्यक छलफलपश्चात आजै पारित गर्ने तयारी छ । गएको आइतबार राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए । प्रतिनिधि सभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको विधेयक सभामुखले प्रमाणीकरण गरेपछि राजपत्रमा छापिनेछ । त्यसपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने
राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी
राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध, यात्रुहरु बाटोमै अलपत्र
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
वनमन्त्री शाही र भुटानका ऊर्जामन्त्री छिरिङबीच भेटवार्ता
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार
नेप्सेको उकालो यात्रामा निरन्तरता, आज ३० अंकले बढ्यो बजार
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
कांग्रेसले उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप