सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ ।
  • प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो ।
  • उहाँले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पार्नुभयो ।

७ साउन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारमा संलग्न नहुने र अरूलाई पनि संलग्न हुन नदिने राष्ट्रिय संकल्पप्रति सरकार दृढ र प्रतिवद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले तीनै तहका सरकारका पदाधिकारीहरू कानूनको दायराभन्दा बाहिर नरहेको उल्लेख गर्दै आर्थिक अनियमितता देखिएमा कानूनी प्रक्रियाअनुसार कारबाही अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले केही मान्छेले प्रधानमन्त्रीको आलोचना गर्ने खालको फेसन बनाएको भन्दै हल्ला गरेकै भरमा छानविन नहुने पनि टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न भन्ने राष्ट्रिय संकल्पप्रति हामी हामी सबै दृढ र प्रतिबद्ध छौं । यद्यपि केही मान्छेहरुको फेसन हुने गर्छ  प्रधानमन्त्रीलाई अलिकति लाञ्छना नलगाइ नहुने । तिनीहरु कहिले पशुपतिमा पित्तल चलायो भनेर हल्ला गर्छन् । अहिले पनि छानविन होस् भनेर कराउँछन् ।

त्यस्ता कुराहरुमा म वास्ता पनि गर्दिन चित्त पनि दुखाउँदिन । कसैको व्यवहारको कुरामा म धेरै गइरहन चाहन्न । तीनै तहको सरकारमा रहेका कुनैपनि व्यक्तिहरु कानूनको दायराभन्दा बाहिर छैनन् । कँही कतै आर्थिक बिचलन र अनुचित व्यवहार देखिएमा कानून बमोजिम कारबाही भइरहेको छ र हुनेछ ।’
उहाँले भ्रष्टाचारमा संलग्नहरुमाथि सरकार असहिष्णुका साथ आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
मन्त्रिपरिषदले केके गर्‍यो १७ वटा निर्णय
मन्त्रिपरिषदले केके गर्‍यो १७ वटा निर्णय
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन :  प्रधानमन्त्री
नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन : प्रधानमन्त्री
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद
गौशालामा एक व्यक्तिमाथि चक्कु प्रहार, घटनास्थलबाट पेस्तोल बरामद
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कांग्रेसको दबाबपछि संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कृष्णमूर्तिको अर्धशतकमा जनकपुरले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक
कारोबारमा संलग्न नभएको छविको दाबी, प्रहरीले भेट्यो हस्ताक्षरसहितको चेक