प्रधानमन्त्रीको एक साता लामो स्पेन भ्रमण स्वीकृत

३ असार, काठमाडौं ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको एक साता लामो स्पेन भ्रमण स्वीकृत गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही असार १४ देखि २० गतेसम्म ओलीले गर्न लागेको स्पेन भ्रमण स्वीकृत गरेको छ।

संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री स्पेन जान लागेका हुन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सहसचिव डा.खगेन्द्र सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले जानकारी दिए।




Post Comment