सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
४२ पटक हेरिएको
Shares
इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एक जना पक्राउ

सारांश

  • इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् ।
  • उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो ।

२ असार, काठमाडौं ।

इटालियन पेस्तोल र २५ राउण्ड गोलीसहित एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिङ गाउँपालिका–१ घर भएका राजु स्याङतान छन् । उनलाई बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले ३१ जेठमा साँझ ७ बजेतिर पक्राउ गरेको हो । उनी सुत्ने ओच्छ्यानको सिरानीमुनि कपडाले बेरेर राखेको अवस्थामा ७.६५ एमएम युनिभर्सल मेड इन इटाली ०२५ लेखिएको पेस्ताल प्रहरीले बरामद गरेको छ ।

यो पेस्तोलको म्यागजिन एक थान र १३ राउण्ड गोली पनि बरामद गरिएको प्रहरीले बताएको छ । त्यसैगरी स्याङतानकै गोठमा मैकैको खोस्टाभित्र लुकाएर राखेको कटुवा पेस्ताल पनि प्रहरीले बरामद गरेको छ । उक्त पेस्तोल र १२ राउण्ड गोली बरामद भएको प्रहरीले बताएको छ । उनको घरबाट अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८ सय ग्राम बरामद गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीविरुद्ध लागुऔषध र हातहतियार खरखजनाको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान गरिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
पत्रकार जनार्जन खत्रीलाई सीआईएन पत्रकारिता पुरस्कार
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
जय ट्रफी एलिट कप आजदेखि, पहिलो दिन दुई खेल
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
सरकारले आफूविरुद्धको आलोचना दबाउन सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो: ‘प्रचण्ड’
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
प्रधानमन्त्रीको स्पेन भ्रमणबारे प्रभु साहको टिप्पणी : फजुल खर्च बाहेक केही होइन
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
राष्ट्रियसभाबाट संवैधानिक परिषद् विधेयक पारित
रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला
रुपन्देहीको सम्मरीमाईमा जलेको अवस्थामा युवतीको श*व फेला
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार
सेयर बजार २९७८ अंकमा, साढे १९ अर्बको कारोबार