Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
३७ पटक हेरिएको
Shares
बेलिब्रिज भाँचिदा घाइते भएका तीनजना कामदारको मृ*त्यु

सारांश

  • मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीनजना कामदारको गएराति मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।
  • दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो ।

१ असार, पाँचथर ।

मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिएर भएको दुर्घटनामा घाइते भएका तीनजना कामदारको गएराति मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार बेलिब्रिज भाँचिदा घाइते भएका बाराको सिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रुपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई जिल्ला अस्पतालले थप उपचारका लागि नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर रेफर गरेको थियो । उपचारका क्रममा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सकले गएराति तीनै जनालाई मृत घोषणा गरेको प्रनाउ बुढाथोकीले जानकारी दिए । मेची राजमार्गअन्तर्गत पाँचथरको हेंवा खोलामा सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय इलामले ७० मिटर लामो मोडूलार बेलिब्रिज निर्माण गरिरहेको थियो । हेंवा खोलाको फिदिम नगरपालिकातर्फको भागमा बेलिब्रिज जडान गरी स्काभेटरको सहायताले ठेलेर खोला पारिपट्टि हिलिहाङ गाउँपालिकातर्फ टेकाइएको थियो ।

फिदिमतर्फको भागको भार अत्यधिक हुँदा बेलिब्रिज भाँचिएको प्रत्यक्षदर्शीको भनाइ छ ।  बेलिब्रिज भाँचिदा जडानको काम गरिरहेका ६ जना कामदार बेलिब्रिजसँगै खोलामा झरेर घाइते भएका थिए । २०८० असार २ गते आएको बाढीले यहाँ रहेको ४५ मिटर लामो सडक पुल बगाएपछि सोही वर्षको साउनमा करिब ५० मिटर लामो बेलिब्रिज जडान गरिएको थियो ।  तर, सो बेलिब्रिज गत असोज १२ गते आएको बाढीले बगाएपछि करिब ९० मिटरमुनि नयाँ बेलिब्रिज निर्माण गरिरहेकामा कार्य सम्पन्न हुन लाग्दा भाँचिएको छ । उक्त बेलिब्रिज भारत सरकारले अनुदानमा उपलब्ध गराइएको थियो भने संरचना निर्माण तथा जडान तीन करोड ४९ लाखको लागतमा सुपर सौगात लाइट बिल्डर्स जेभीले गरिरहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
कानुन संशोधन नगरे २०८३ मा फास्ट ट्रयाक बन्दैन : प्रधान सेनापति
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
१७ जिल्लामा सीडीओ फेरिए (सूचीसहित)
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
ओडिसाको किट कलेजमा फेरि नेपाली छात्रा मृत फेला
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
कानुन नबन्दा भूमिसम्बन्धी समस्या समाधान गर्न सकिएन : मन्त्री अधिकारी
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
चार करोड ठगी आरोपमा एकै परिवारका ३ जना पक्राउ
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी
नक्कली पीडित खडा गरेर उजुरी दिने प्रयास भइरहेको गृहमन्त्रीको दाबी, कारबाही गर्ने चेतावनी