सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
४२ पटक हेरिएको
Shares
सात स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

सारांश

  • गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
  • नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
  • भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रसान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।

३१ जेठ, कास्की ।

गण्डकी प्रदेशका विभिन्न जिल्लाका सात स्वास्थ्य संस्थालाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाल-भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रसान्त सिंह वगेलले एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । गोरखा जिल्ला अस्पताल, गोरखा नगरपालिका वडा नं ६, बेनी अस्पताल म्याग्दी, मनपाङ हेल्थपोष्ट म्याग्दी, आर्थरडाँडा खर्क हेल्थ पोष्ट पर्वत, सिटी अस्पताल स्याङ्जा र आँबुखैरनी अस्पताल तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

त्यस अवसरमा प्रमुख वगेलले नेपाल-भारतबीचको सम्बन्ध सांस्कृतिक, सामाजिक तथा पारिवारिक रुपमा वर्षौदेखि रहँदै आएको उल्लेख गर्दै भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार र आपतकालीन अवस्थामा सहयोग गर्दै आएको बताउनुभयो । नेपालको दुर्गम गाउँका विरामीले छिटो छरितो स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले एम्बुलेन्स प्रदान गरेको उहाँले बताउनुभयो । बेनी जिल्ला अस्पताल म्याग्दीका अध्यक्ष दिलकुमारी खत्रीले खुसी व्यक्त गर्दै बेनी जिल्ला अस्पताल म्याग्दीमा उक्त एम्बुलेन्स नै पहिलो भएको बताउनुभयो । “विभिन्न संस्थासँग एम्बुलेन्स माग गरेका थियौ तर प्राप्त भएको थिएन, भारतीय दूतावासले दिएको एम्बुलेन्सबाट बिरामीले लाभ लिनेछन् ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी
एक हप्ताभित्र देशभर कित्ताकाट खुल्छः मन्त्री अधिकारी
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
ठूलो दलको हैसियतमा एमालेका यादव मुख्यमन्त्री नियुक्त
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्यद्वारा स्वागत
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै
मध्यराति डडेलधुरामा  बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
मध्यराति डडेलधुरामा बस दुर्घटना: यी हुन् मृतक र घाइते (नामावली)
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, अर्का घाइते
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
जनमतका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टीमा प्रवेश
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची