१५ असार २०८२, आईतवार

काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि

३० जेठ, काठमाडौं । 

काठमाडौं महानगरपालिका २६ वडाले असार १ गतेदेखि काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ।  २६ वडाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ असार १ देखि ८ गतेसम्म जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो।

प्रतियोगितामा महानगरभित्रका ३२ वटै वडा र अन्य १० नगरपालिकाका खेलाडीहरूको सहभागिता रहने खेलकुद संयोजक तथा वडा सदस्य प्रवेश श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा फुटसल, टेबलटेनिस, तेक्वान्दो र कराँतेका दुई विधा गरि कुल ५ विधामा खेल हुने उनले बताए।  त्यस्तै काठमाडौं महानगरपालिका २६ का वडाध्यक्ष ख्यामराज तिवारीले खेलकुदका पूर्वाधार निर्माण गरिसकेको र वडामा खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए। काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगर पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका लागि वडाले ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment