संसद अवरोधको औचित्य छैन, केही दल षड्यन्त्रमा लागे – गृहमन्त्री लेखक
२९ जेठ, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकले संसदमा जारी अवरोधको कुनै औचित्य नरहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसद अवरोध गर्नुको कुनै कारण वा अर्थ नभएको जिकिर गरे। गृहमन्त्री लेखकले केही प्रतिपक्षी दलहरूले नियोजित र षड्यन्त्रमूलक ढंगले आग्रह तथा पूर्वाग्रह राखेर संसद अवरुद्ध गरेको आरोप लगाए।
उनले यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित रहेको स्पष्ट पारे। “केही समयदेखि संसद अवरोध भएको छ,” गृहमन्त्री लेखकले भने, “यो संसदको अवरोध गर्नुपर्ने कुनै कारण छैन। कुनै अर्थ छैन। कुनै औचित्य छैन।” उनले सबै प्रतिपक्षी दललाई दोष नदिने तर प्रतिपक्षमा रहेका केही मानिसहरू नियोजित ढंगले यसमा लागेको बताए। “यो अवरोध राजनीतिक आग्रह, पूर्वाग्रह र प्रतिशोध प्रेरित छ। यसका पछि कुनै अर्थ र औचित्य छैन। यो अवरोध चाँडै हट्नुपर्छ।” गृहमन्त्री लेखकले संसदको अवरोध शीघ्र हट्नुपर्नेमा जोड दिएका छन्।
Post Comment