१५ असार २०८२, आईतवार

पसल बन्द गरेर आन्दोलनमा सुनचाँदी व्यवसायी

२९ जेठ, दाङ ।

दाङका सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । व्यवसायीहरूले आज बिहानैदेखि पसल बन्द गरी आन्दोलन उत्रिएका छन् । सरकारले सुनचाँदी व्यवसायीहरूमाथि विभिन्न बहानामा दमन गर्दै आइरहेकाले व्यवसायीहरू आन्दोलनमा उत्रिएको नेपाल सुनचाँदी व्यवसायी सङ्घ दाङका अध्यक्ष विनोदकुमार विश्वकर्माले बताए ।

राज्यले व्यवसायीहरू निर्धारण गरेको सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिताको राजश्व खारेज गर्नुपर्ने, हिरा र जवाहरात जडित गरगहनामा लागू गरिएको मूल्य अभिबृद्धि कर पुनर्विचार गरी खारेज गर्नुपर्ने , व्यवसायीहरू हित, संरक्षण र विकास लागि कानुन निर्माण गर्ने माग गरिएको छ । त्यस्तै  राजश्व फेरबदलमा विस्तृत अध्ययन सहितको संशोधन गर्नुपर्ने , भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने  अन्तर्राष्ट्रिय मान्यता अनुरुप परीक्षण व्यवस्थापन गर्नुपर्ने र निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था गर्नुपर्ने माग सहित देशव्यापी आन्दोलनमा उत्रिएको सुनचाँदी व्यवसायी महासंंघ लुम्बिनी प्रदेशका अध्यक्ष ध्रुव कुमार गहतराजले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?