यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २७, २०८२
|
|
३८ पटक हेरिएको
Shares
यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा

सारांश

  • बी.
  • शाह स्मृति यु–१६ प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
  • ६ खेल खेलेको मधेसले चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

मधेस प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. शाह स्मृति यु–१६ प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । ६ खेल खेलेको मधेसले चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा मंगलबारको आफ्नो अन्तिम खेलमा मधेस प्रदेशले लुम्बिनीमाथि दुई विकेटको जीत हात पार्‍यो । १२७ रनको चुनौति पछ्याएको मधेसले २५ दशमलव ४ ओभरमा भेटायो । मधेसको जीतमा सन्तु मण्डलको २८, आयान मुखियाको २३, नुमैर अहमदको १९, माही यादवको १५ तथा सुशान्त सिंहको १२ रनको महत्वपूर्ण योगदान रह्यो । लुम्बिनीका लागि प्रिन्स पल र शुभम यादवले समान तीन–तीन तथा लक्ष्मण कुमालले १ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् ।

मधेशविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले ३१.३ ओभरमा नौ विकेटको क्षतिमा १२६ रन बनाउन सक्यो । लुम्बिनीका एक खेलाडी रिटार्यडहर्ट भएका थिए । लुम्बिनीका लागि घरेलु प्रतियोगिताको पहिलो दोहोरो शतकीय रेकर्ड बनाएका रौनक श्रीवास्तवले ४० रन जोडे । अभय यादवको बलमा नुमैर अलीलाई क्याच थमाउँदै पवेलियन फर्किदा ओपनर केशव विष्टले २५ रनको व्यक्तिगत योगदान दिए । बलिङतर्फ मधेसका अभय यादव, सलमान अली मन्सुरी र रोहन यादवको खातामा दुई–दुई विकेट थपिंदा नुमैर अमहद र राजिवकुमार सदाको नाममा समान एक–एक विकेट रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
निर्वाचन आयोगले पाँच बिषयमा छलफलका लागि राजनीतिक दलहरूलाई बोलायो 
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान
हवाई उडानमा नयाँ रेकर्ड, एकैदिन साढे पाँच सय उडान
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
अमरेशकुमारको प्रश्न– विदेशीले दिएका उपहार प्रधानमन्त्री–मन्त्रीले घरमा लगेर राख्न पाइन्छ ?
काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी
काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
एमालेको सभालाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
देशभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ, दुई हजार १०० फरार
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र जापान पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते