१५ असार २०८२, आईतवार

यु–१६ क्रिकेट प्रतियोगिता : मधेस प्रदेश अंक तालिकाको शीर्षमा

मधेस प्रदेश सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी. शाह स्मृति यु–१६ प्रतियोगिताको अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । ६ खेल खेलेको मधेसले चारमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भइरहेको प्रतियोगितामा मंगलबारको आफ्नो अन्तिम खेलमा मधेस प्रदेशले लुम्बिनीमाथि दुई विकेटको जीत हात पार्‍यो । १२७ रनको चुनौति पछ्याएको मधेसले २५ दशमलव ४ ओभरमा भेटायो । मधेसको जीतमा सन्तु मण्डलको २८, आयान मुखियाको २३, नुमैर अहमदको १९, माही यादवको १५ तथा सुशान्त सिंहको १२ रनको महत्वपूर्ण योगदान रह्यो । लुम्बिनीका लागि प्रिन्स पल र शुभम यादवले समान तीन–तीन तथा लक्ष्मण कुमालले १ विकेट लिएपनि टोलीको हार भने टार्न सकेनन् ।

मधेशविरुद्ध टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनीले ३१.३ ओभरमा नौ विकेटको क्षतिमा १२६ रन बनाउन सक्यो । लुम्बिनीका एक खेलाडी रिटार्यडहर्ट भएका थिए । लुम्बिनीका लागि घरेलु प्रतियोगिताको पहिलो दोहोरो शतकीय रेकर्ड बनाएका रौनक श्रीवास्तवले ४० रन जोडे । अभय यादवको बलमा नुमैर अलीलाई क्याच थमाउँदै पवेलियन फर्किदा ओपनर केशव विष्टले २५ रनको व्यक्तिगत योगदान दिए । बलिङतर्फ मधेसका अभय यादव, सलमान अली मन्सुरी र रोहन यादवको खातामा दुई–दुई विकेट थपिंदा नुमैर अमहद र राजिवकुमार सदाको नाममा समान एक–एक विकेट रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment