२६ जेष्ठ २०८२, आईतवार

तास खेलिरहेका १४ जना पक्राउ

२५ जेठ, काठमाडौं । 

काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरपालिका-३ सामाखुसीस्थि रानीबारी बस्ने डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ६२ हजार ८ सय रूपैयाँ र ३ बुक तास बरामद गरेको छ।

यसैगरी पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेको सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिनासमेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?