हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

सारांश

  • आगलागीमा घर, होटल, पसललगायत गरी सात करोड ५० लाख बराबरको क्षति भएको हो ।
  • खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईका अनुसार पदमशेर राईको काठ र जस्ताले बनेको तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा भएको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय जलेर नष्ट हुँदा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ ।
  • त्यस्तै ऐराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुई तले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।

५ फागुन,  खोटाङ — आइतबार बेलुकी हलेसी बजारमा भएको आगलागीमा सात करोड बढीको क्षति भएको छ । आगलागीमा घर, होटल, पसललगायत गरी सात करोड ५० लाख बराबरको क्षति भएको हो ।

खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईका अनुसार पदमशेर राईको काठ र जस्ताले बनेको तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा भएको निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालय जलेर नष्ट हुँदा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै ऐराख राईको न्यू–कल्याण होटल, चार तले पक्की घर र घरको पछाडिपट्टी दुई तले काठको घर गरी दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।

प्रकाशचन्द्र गिरी हलेसी दर्शन होटलको फलामको ट्रष्टले बनेको एक तले भान्छा घर र दुई तले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख बराबरको क्षति भएको छ । त्यसैगरी भरणशेर राईको पारुहाङ होटल, चार तले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख बराबरको भएको छ । प्रारम्भिक विवरणअनुसार सबैगरी करिब सात करोड बराबरको क्षति भएको निमित्त प्रजिअ राईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
दक्षिण कोरियाली होटेलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश, तर नछुट्ने
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन : लागुऔषधको समस्या डरलाग्दो छ, नियन्त्रणमा लाग्नूस्
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
सबै नेताको सम्पत्ति छानबिन गर्न रास्वपा सांसदको माग
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
भाटभटेनी प्रमुख गुरुङले दिएको जमिनमा एमाले मुख्यालयको शिलान्यास
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग
आज पनि अवरुद्ध छन् देशका यी १० मुख्य राजमार्ग