शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ २४, २०८२
|
|
७७ पटक हेरिएको
Shares
शिक्षा क्षेत्रमा मौलापुर नगरपालिका उत्कृष्ट घोषित

सारांश

  • पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे।
  • त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो।
  •  पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो।

रौतहटको मौलापुर नगरपालिका मधेस प्रदेशभित्र शिक्षा क्षेत्रमा उत्कृष्ट भएको छ। पोखरामा आयोजित प्रिन्सिपल एशोसिएशन अफ नेपाल (पान) को दोस्रो राष्ट्रिय सम्मेलनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले उक्त पुरस्कार प्रदान गरे। त्यस अवसरमा मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहलाई शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै उत्कृष्ट अवार्डबाट पुरस्कृत गरियो।  पानले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट पालिका पुरस्कार यसपटक मौलापुर नगरपालिकाले प्राप्त गरेको हो।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्ड पूरा गरेको मौलापुर नगरपालिका मधेस प्रदेशकै उत्कृष्ट ठहरिएको आयोजकले जनाएको छ।मौलापुरको नगरले विकास बजेटको ४३ प्रतिशत हिस्सा शिक्षा क्षेत्रमा लगानी गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए। गत वर्षको माध्यामिक शिक्षा परीक्षामा मौलापुर नगरपालिकाका ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। आम जनता पार्टीकी नेत्री साह दोस्रो कार्यकालका लागि नगर प्रमुखमा निर्वाचित भएका हुन्। समग्रमा मधेस प्रदशेमा एसइई उतीर्ण प्रतिशत ३० मात्रै रहकेो छ।मौलापुरले लिएको शून्य कर नीतिको देशव्यापीरुपमा चर्चा हुँदै आएको छ। नगरपालिकाले कृषि तथा घरायसी प्रयोजनका लागि विद्युत् र पानीको महसुस निःशुल्क बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
शिवरात्रिमा भीआईपी दर्शन पास बन्द
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
कपिलवस्तु बस दुर्घटना : मृतक १० जनाको सनाखत, ६ जना एकै पालिकाका
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
उत्तर प्रदेश: ५ सन्तानकी आमा र अविवाहित युवक एउटै रुखमा झुण्डि*एको अवस्थामा मृ*त फेला
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
बंगलादेशमा हिन्दुमाथि भएको हत्याको विरोधमा प्रदर्शन, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
रौतहटमा बाढीपहिरो लगायत विपद्‌मा परी ३८ जनाको मृत्यु
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
वामदेवको दाबी– ‘आगामी निर्वाचनमा हामी दुई तिहाइ बहुमत ल्याउँछौँ’
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ
लागुऔषध गाँजासहित सर्लाहीबाट दुई जना पक्राउ