२५ जेष्ठ २०८२, शनिबार

३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध

२४ जेठ, सर्लाही।

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज शनिबार देशका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ।  बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज कोसी र मधेस प्रदेशका जिल्लामा बाढी अलि ठूलै आउने सम्भावना देखिएको छ।

चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला जिल्ला भई वहने केही ससाना नदीमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुहुन अनुरोध छ।

यस्तै महाशाखाले आगामी ३ दिन (सोमबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले अगाडि भनेको छ: कन्काई, कमला र बागमतीमा बहाब  केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?