नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह

सारांश

  •   गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरि अघि बढाउन आग्रह गरेका छन् ।
  • शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता सम्बन्धी समाधानका लागि संशोधन विधेयक महत्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन् ।
  • कानूनी समस्याका कारण धेरै युवाहरू नागरिकताविहीन हुनु परेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरि विधेयक ल्याएको उनले बताए ।

२३ जेठ, काठमाडौं। 

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसद्को चालू अधिवेशनबाटै पारित गर्न सक्ने गरि अघि बढाउन आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नागरिकता सम्बन्धी समाधानका लागि संशोधन विधेयक महत्वपूर्ण भएकाले समितिबाट छिटै विधेयक पारित गर्न आग्रह गरेका हुन् ।

कानूनी समस्याका कारण धेरै युवाहरू नागरिकताविहीन हुनु परेकाले सरकारले सबैको समस्यालाई समाधान गर्ने गरि विधेयक ल्याएको उनले बताए । उनले जन्मसिद्धका सन्तानलाई नागरिकता दिन थप सहजता प्रदान गर्ने, विदेशमा जन्मेका बाबुको नाम नखुलेको स्थितिलाई सम्बोधन गरिने जिकिर गरे । त्यस्तै उनले गैरआवासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको जानकारी दिए । समिति सभापति रामहरि खतिवडाले चालू अधिवेशनबाटै विधेयक पारित गर्ने गरि छलफल भइरहेको बताए । अर्को बैठकमा गैरआवासीय नेपालीसँग छलफल गरिने जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
खापुङ, अर्याल र थापालाई भविष्यमा सरकारी सेवाको जिम्मेवारी नदिने गरी कारबाही गर्न सिफारिस
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन विपक्षी दलको बैठक
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
नेपाल बार एसोसिएसनको चुनावको मतगणना आजदेखि सुरु हुँदै
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
जेनजी आन्दोलनका घाइतेहरुको सिंहदरबार गेटमा धर्ना
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुदूरपश्चिममा ‘घुमुवा’ प्रहरीमाथि डीआईजीको निगरानी, विवादमा परेकाहरू प्रदेश तानिंदै
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि