नागरिकता विधेयकमाथि दफावार छलफल सुरु
२२ जेठ, काठमाडौं ।
नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि दफावार छलफल सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारबाट विधेयकमाथि दफावार छलफल सुरु गरेको हो । बिहीबार संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल जारी छ । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।
प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले बुधबार सैद्धान्तिक छलफल चलाएको थियो । बिहीबारबाट दफावार छलफलमा प्रवेश गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment