Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ २०, २०८२
|
|
९६ पटक हेरिएको
Shares
सेयर बजारका सबै सूचक घटे, बैंकिङमा उच्च गिरावट

सारांश

  • मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् ।
  • नेप्से परिसूचक ३५.
  • ७३ अंक (१.

२० जेठ, काठमाडौं ।

मंगलबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक ३५.७३ अंक (१.३२ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि नेप्से २६५८.९३ मा अडिएको छ । बजारको गिरावटसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोडको भयो । ३४ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो । आज सबै सेक्टरका सूचक घटेका छन् ।

बैंकिङ सबैभन्दा धेरै २.३४ प्रतिशत घट्यो । विगत दुई साता बजार बढ्दा यहीं सेक्टर उच्च दरले बढेको थियो । राजनीतिक अन्योलताका बीच नाफा बुक गर्ने कारोबारी हाबी हुँदा आज बजार प्रभावित बन्यो । त्यस्तै विकास बैंक १.१४, फाइनान्स ०.८३, होटल तथा पर्यटन २.१२, हाइड्रोपावर ०.९६, लगानी १.२९, जीवन बीमा ०.७४, उत्पादन ०.०१, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा ०.६८, अन्य ०.९८ तथा व्यापार समूह १.३७ प्रतिशत घटे ।

दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । उपकार लघुवित्तको ५.५८, नारायणी डेभलपमेन्ट बैंकको ३.० प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशत घट्यो । बाराही हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, लक्ष्मी सनराइज बैंकको मूल्य पनि करिब ४ प्रतिशत घट्यो । रकमका आधारमा आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, ओम मेगाश्री फर्मास्युटिकल्स र बुटवल पावर क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
बालेनले हर्कलाई भने, ‘यू आर माई ट्रु लभ’
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
एमडिएमएस पुनकार्यान्वयन हुने, अब नयाँ मोबाईल दर्ता अनिवार्य
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
सर्लाहीको बरहथवामा चल्यो गोली, प्रहरी निरीक्षकसहित तिन जना घाइते
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सुर्खेतबाट प्रचण्डको चेतावनी– यो सरकारले कर्णालीलाई गरेको अपमान सह्य छैन
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
सिर्सिया नदी प्रदूषण नियन्त्रणमा मन्त्रालय गम्भीर : मन्त्री यादव
फुटबल टिमको मुख्य प्रशिक्षकमा म्याट रोस नियुक्त, एक वर्षको सम्झौता
इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
इशान र दीपेन्द्रको अर्धशतकमा नेपालले अमेरिकालाई दियो ३१८ रनको लक्ष्य
मधेस प्रदेशसभा अधिवेशन अन्त्य
मधेस प्रदेशसभा अधिवेशन अन्त्य