प्रतिनिधिसभा सञ्चालन गर्न विपक्षी कुरिरहेका छन् सभामुख
२० जेठ, काठमाडौँ ।
प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए । त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment