विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री

सारांश

  • उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् ।
  • अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए ।
  • आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ ।

१६ जेठ, काठमाडौं ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए । आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ ।

विकासमा असीमित आकांक्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । मितव्ययिता कायम राख्दै चालु खर्च सन्तुलनमा राख्ने प्रयास सरकारले गरेको उनले बताए । बजेट कार्यान्वयनका लागि आर्थिक वर्षको सुरुसम्म नै कुर्नु नपर्ने गरी व्यवस्था गरिएको उनले बताए । आयोजना तयारीको काम आजै खरिद प्रक्रियामा जान सकिने व्यवस्था गरिएको समेत उनले बताए । २५ करोडभन्दा माथिका आयोजनाको ड्यासबोर्डमा राख्नुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । अनुदान लागतबारे सोच्नुपर्ने अवस्थामा अधिकतम सीमा ५० प्रतिशतको सीमा कायम गरिएको उनले बताए ।

संघीय ढाँचामा सन्तुलिन बजेट बनाउन सकुन् भन्नेमा ध्यान दिइएको उनले बताए । वन क्षेत्रका जटिलता हटाउने प्रयास गरिएको समेत उनको दाबी छ । सामाजिक सुरक्षा खर्च थप व्यवस्थित गरिएको र पछाडि परेको समुदायलाई प्राथमिकता दिइएको बताए । भन्सार बिन्दुमा अग्रिम आयकर हटाइएको भन्दै उनले कर हट्दा र रहँदा राजस्वमा पर्ने प्रभावबारे विश्लेषण गरेर हटाइएको बताए । अबको ध्यान कार्यान्वयनमा जाने उनको भनाइ छ । यो बजेट कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार, निजी लगानी बढ्ने, रोजगारी बढ्ने, आयोजना समयमै सकिने, ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सकिने उनको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने सरकारको तयारी
मिथिलामा आज चैती छठ पर्व मनाइदै
मिथिलामा आज चैती छठ पर्व मनाइदै
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
मापदण्डअनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
प्रतिबन्धित लागू औषध र गाँजा सहित फार्मेसी सञ्चालिका र अन्य दुईजना पक्राउ
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतको मुम्बईमा भीषण वर्षा, विद्यालय र कलेज बन्द
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा
भारतलाई हराउँदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा