९ चैत्र २०८२, सोमबार

सरकारले ५ लाख परिवारलाई लालपुर्जा दिने

 

काठमाडौं : सरकारले ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन गरी ५ लाखलाई लालपुर्जा वितरण गर्ने बताए।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब ४९ करोड बजेट विनियोजन गरेको बताए। अर्थमन्त्री पौडेलले निरपेक्ष गरिबी हटाउने घोषणा पनि गरे। गरिबी हटाउनका लागि प्रदेश र स्थानीय तहसँग मिलेर काम गर्ने उनको भनाइ छ।

Post Comment

छुटाउनुभयो कि ?