गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन
१३ जेठ, काठमाडौं ।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । मंगलबार (जेठ १३) माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा संघ नेपाल, योङ कम्युनिस्ट लिगलगायत संगठनमा आबद्ध व्यक्तिहरूले भिजिट भिसा प्रकरण, मानव बेचबिखन र देशद्रोहविरुद्ध भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरूले गृहमन्त्री लेखकको राजीनामा माग गरे । उनीहरूले ‘मानव तस्कार सरकार मुर्दावाद’, ‘गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक दुई खर्ब’जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment