विपक्षी दलले गृहमन्त्रीको राजीनमा बटमलाइन बनाएपछि संसद बैठकमा ढिलाई
१३ जेठ, काठमाडौं ।
आज बिहान ११ बजेको लागि तय गरिएको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन । आजको बैठकमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने तयारी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागका कर्मचारीले मानिसलाई भिजिट भिसामा पठाउन सहजीकरण गरी रकम असुली गर्ने गरेको खुलेको थियो ।
यस प्रकरणमा गृहमन्त्रीको समेत संलग्नता रहेको भन्दै विपक्षी दलहरूले गृहमन्त्री लेखकको राजीनमा माग्ने तयारी गरेका हुन् । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत दलहरू गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने पक्षमा छन् । उनीहरूले आजको प्रतिनिधिसभा बैठकमा कुरा राख्ने र सत्ता पक्षका सांसद तथा गृहमन्त्रीलाई बोल्न नदिने तयारी गरेका छन् । संसद बैठक अघि संसदीय दलको बैठबाट रणनीति समेत बनाएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले भने गृहमन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।
Post Comment