१२ श्रावण २०८२, आईतवार

८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ

१३ जेठ, काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ । साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’

१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए । कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा महर्जनले चौथो स्थान हासिल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?