७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ ७, २०८२
|
|
१७ पटक हेरिएको
Shares
७.९४ अंकले घट्यो नेप्से, कारोबार रकम बढ्यो

सारांश

  •   सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.
  • ९४ अंकले घटेको छ ।
  • अघिल्लो दिनको तुलनामा ०.

 

७ जेठ, काठमाडौँ । 

सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.९४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.२९ प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ६९.५१ बिन्दुमा ओर्लेर बन्द भएको छ । गत मंगलबार ४९ अंक बढेर बन्द भएको नेप्सेले बुधबार घटेको हो । सो दिन कारोबारमा आएकामध्ये ९३ कम्पनीको सेयर मूल्य बढ्यो भने १५३ वटाको घट्यो र एउटाको स्थिर रह्यो ।

८८ हजार १ सय २१ पटकको सेयर कारोबारमा २ करोड ३० लाख २६ हजार २४५ कित्ता सेयर किनबेच भए । ती किनबेचमा १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत मंगलबार सेयर बजारमा ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये बैंकिङ, विकास बैंक र सामूहिक लगानी कोषको परिसूचक बढे । बाँकी उपसमूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?