प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ५, २०८२
|
|
३५ पटक हेरिएको
Shares
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

सारांश

  • प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ ।
  • सोमबार बसेको बैठकमा ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।
  • उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो ।

५ जेठ, काठमाडौं ।

प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । सोमबार बसेको बैठकमा ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक,२०८१ माथि छलफल भएको थियो ।

छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदूपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए । उनले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवम् व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड लगायतमा विधेयक महत्वपूर्ण रहेको उल्लेख गरे। विधेयकमा बाँध वा जलाशयको निर्माण गरी आयोजनाको विकास गर्दा त्यस्तो बाँध वा जलाशयबाट माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी तोकिएबमोजिम लाभको गणना र बाँडफाँड गर्नुपर्ने,जलस्रोतको एकीकृत एवं दिगो विकास,उपयोग,संरक्षण र व्यवस्थापनका लागि आयोगको स्थापना गर्ने लगायत उल्लेख छ ।  सरकारले २०८१ जेष्ठ ३१ गते संसदमा जलस्रोत विधेयक दर्ता गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
आलमको फैसलाविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ताको निर्णय
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लिचीबारी घूस प्रकरण: तत्कालीन मन्त्री राजकुमार गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
श्रीलङ्कामा चक्रवातका कारण मृ*त्यु हुनेको सङ्ख्या ४७९ पुग्यो ३५० अझै बेपत्ता
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
नेपालगञ्जमा लगाइएको निषेधाज्ञा र कर्फ्यु हट्यो
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै
जसपा नेपालको केन्द्रीय प्रचार विभाग बैठक बस्दै