२६ जेष्ठ २०८२, आईतवार

मन्त्रिपरिषदको बैठक बस्दै, होला आज गभर्नर नियुक्ति ?

 

५ जेठ, काठमाडौं ।

मन्त्रिपरिषदको बैठक आज (सोमबार) साँझ बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार सोमबार साँझ ५ बजेतिर मन्त्रिपरिषद बस्ने तय भएको हो । तर, मन्त्रिपरिषद् बैठक बालुवाटारमा बस्ने कि सिंहदबारमा भन्ने चाहीँ यकिन भएको छैन । आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना छ ।

सत्तारुढ प्रमुख दुई दल कांग्रेस र एमालेबीच अर्थविद् डा.विश्व पौडेललाई गभर्नर नियुक्त गर्ने सहमति भइसकेको छ । यसअघि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले गभर्नर बन्नकै लागि गएको वैशाख २८ गतै नै सिफारिस समितिबाट राजीनामा दिइसकेका छन् । उनले राजीनामा दिएपछि सरकारले सिफारिस समितिको सदस्यमा डा.पोषराज पाण्डेलाई नियुक्त गरेको छ । सरकारले गभर्नर नियुक्ति गर्न नसक्दा विगत लामो सयमदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment