हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
३१ पटक हेरिएको
Shares
हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति

सारांश

  • गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ ।
  • जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो ।
  • उहाँका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ ।

४ जेठ, चितवन।

गत साता आएको हुरीसहितको वर्षाले यहाँको केराखेतीमा २० प्रतिशत क्षति भएको छ । जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक सङ्घ चितवनका अध्यक्ष घननाथ महतोले बताउनुभयो । उहाँका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ ।

ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उहाँको भनाइ छ । शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नं २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ । साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ । केराखेती गर्दै आउनुभएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पु¥याएको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो । जिल्लामा हाल मालभोग, चिनी चम्पा र जि–९ जातको केराखेती हुँदै आएको छ । यहाँ तीन हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० भन्दाबढी किसानले केराखेती गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री सिंह र एसडिसीका डेपुटी चिफ अफ मिसन मेयरबीच भेट
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए
विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन शाह समेटिए
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
कांग्रेसले जिते देश हराभरा बन्छ : बंशलाल तामाङ
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
सरकारलाई शिक्षक महासंघको जवाफ– अहिलेकै अवस्थामा वार्तामा बस्नुको औचित्य छैन
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत पुर्‍याइयो
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या, डीआईजी सहितकाे टाेली घटनास्थलमा
कांग्रेसको महाधिवेशन पुस २६देखि, यस्तो छ कार्यतालिका
कांग्रेसको महाधिवेशन पुस २६देखि, यस्तो छ कार्यतालिका
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु
सडक व्यापारीका लागि ईःको लुम्बिनी–सिंहदरबार पैदलयात्रा सुरु