स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ४, २०८२
|
|
१४ पटक हेरिएको
Shares
स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

सारांश

  •   रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन ।
  • पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ ।
  • रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो ।

 

४ जेठ,  दाङ । 

रोल्पा सडकखण्डअन्तर्गत विजौरी–होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन । पुल नहुँदा बर्खामा आवतजावत नै ठप्प हुन्छ । रोल्पाको रुन्टीगढी गाउँपालिकाको व्यापारिक थलो भनेकै दाङको विजौरी हो । त्यतिमात्र होइन्, बिरामी पर्दा, उच्च शिक्षाका लागि विद्यार्थी पनि त्यही बाटो आउनु पर्छ । तर, ग्वारखोलामा मोटरेबल पुल नहुँदा वर्षामा आवतजावतमा निकै समस्या पर्ने गर्छ भने बर्सेनि मानिस पनि बगाउने गर्छ । ग्वारखोलामा पुल निर्माणका लागि मात्र चालु वर्षमा रु एक करोड ३० लाख बजेट परेको थियो । तर, त्यो बजेटअनुसार पनि काम हुन सकेन । त्यहाँको बजेट अन्तै गयो ।

“अहिले बजेट आएको थियो, काम त सुरु होला भन्ने थियो”, स्थानीय प्रशान्त पुनले भन्नुभयो, “त्यो बजेट पनि अन्तै गयो भन्ने सुनिन्छ ।” विसं २०७० मा उक्त सडकको ट्रयाक खोलिएको भए पनि १२ वर्षसम्ममा पनि पुल नबनेपछि स्थानीय आफँैले अहिले पुल निर्माण थालेका छन् । स्थानीय सबैले श्रमदान गरेर मोटरसाइकल हिँड्ने गरी पुल निर्माण सुरु गरिएको उहाँले बताउनुभयो । “वर्षा आउँदैछ, हिँड्नलाई पुल छैन, आएको बजेटले पनि काम हुँदैन”, पुनले भन्नुभयो, “वर्षामा दुःख बिरामी पर्दा अस्पतालसम्म लिने त हुनुपर्यो, त्यही भएर स्थानीयले आफैँ श्रमदान गरेर पुल निर्माण गर्न थालेका हौँ ।” सिमेन्ट र सरिया सहयोग मागेर पुलको श्रमदान आफैँ गर्न लागेको स्थानीय लालबहादुर पुनले बताउनुभयो । “हामीसँग अहिले पैसा छैन, आर्थिक सहयोग सङ्कलन गरेर काम अगाडि बढाइरहेका छौँ”, उहाँले भन्नुभयो, “सबैले सहयोग गरे काम सम्भव पनि छ ।” स्थानीयले श्रमदान गरे पनि मिस्त्रीलाई भने ज्याला दिएरै ल्याउनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सरकारले बाटो बनाए पनि पुल नबनाउँदा यसरी सास्ती खेप्नुपरेको उहाँको गुनासो छ । पुल नबन्दा छ महिना उक्त सडक सञ्चालन हुने र छ महिना ठप्प हुने अवस्था आएको पुनले बताउनुभयो ।

रुकुमको चुनवाङसम्म जोड्ने उक्त सडकको स्तरवृद्धिका लागि पटकपटक सम्बन्धित निकायमा गएको भए पनि सुनुवाइ नभएको दाङस्थित विजौरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेश्मीराज खड्काले बताउनुभयो । यदि सोही खोलामा सडक बनेमा त्यहाँ उत्पादन भएको तरकारी पनि सहजै विजौरी बजारमा लैजान सकिने बताउनुभयो । उक्त सडक विस्तार भएमा व्यापरिक हिसाबले पनि फाइदा पुग्ने उहाँको भनाइ छ । सोही सडकमा पुल निर्माणका लागि पहललाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो । विजौरीबाट होलरीसम्म २९ किलोमिटर छ । त्यसमध्ये होलेरी क्षेत्रमा पाँच किलोमिटर र विजौरी क्षेत्रमा नौ किलोमिटर सडक कालोपत्रसमेत भइसकेको छ भने बाँकी १५ किलोमिटर सडक स्तरवृद्धि हुन नसक्दा आवतजावतमा निकै समस्या हुने गरेको रुन्टीगढी गाउँपालिका–८ का वडाध्यक्ष तुलसी पुनमगरले बताउनुभयो । “बीचमा बाटो स्तरवृद्धि छैन, ग्वारखोलामा पनि पुल छैन”, उहाँले भन्नुभयो, “त्यसले गर्दा आवतजावतमा निकै कठिनाइ हुने गरेको छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई समूह निर्वाचन आयोगमा
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
घर फर्किन पाउँदा खुसी लागेको छ : थापा
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
लोसपाका जिल्ला अध्यक्ष पनि माओवादीमा प्रवेश, प्रचण्डले गरे स्वागत
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि क्यानले दोस्रोपटक खुलायो आवेदन
तराई मधेसका सात दलको मोर्चा घोषणा आज
तराई मधेसका सात दलको मोर्चा घोषणा आज
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
वीरगन्जमा सीसीटीभी जडानका लागि बैंकले गरे १७ लाख ७५ हजार सहयोग
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
प्रहरीको चेकिङमा एम्बुलेन्स भित्र लागूऔषध फेला
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
प्रधानमन्त्री ओली रसुवाको बाढीग्रस्त क्षेत्र अवलोकनमा जाँदै
टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली
टप एण्ड टी२० कप खेलेर फर्कियो नेपाली क्रिकेट टोली

तपाईंले छुटाउनुभयो कि?