बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ १, २०८२
|
|
२१ पटक हेरिएको
Shares
बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

सारांश

  • जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ ।
  • गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो ।
  • मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

, १ जेठः, तनहुँ ।

जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो । मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध

गराइएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ ।” मौरीसहितको घारको मूल्य रु नौ हजार पर्ने जनाउँदै उहाँले वार्षिक कृषि कार्यक्रमअन्र्तगत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताउनुभयो । पालिकाले तोरी र मुसुरोखेतीका लागि गत वर्ष रु तीन लाख विनियोजन गरेको थियो ।

तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ । गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लागेको पालिका कार्यालयले जनाएको छ । तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम आज समापन हुँदैछ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
ओलीलाई ५ वर्षअघिको फैसला सम्झाउँदै बालेनले भने – त्यतिबेला किन मौन बसेको ?
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
विशेष अदालतको आदेश बदरकाे माग गर्दै निर्देशक भण्डारी सर्वोच्च अदालतमा
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)
बस गुड्दागुड्दै बानेश्वरको सडक भासियो (तस्बिरहरू)
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
मोबाइल लुटमा संलग्न तीन जना पक्राउ
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
तयार भयो समाजवादी मोर्चाको मञ्च, प्रदर्शनीमार्गमा सवारी निषेध
तयार भयो समाजवादी मोर्चाको मञ्च, प्रदर्शनीमार्गमा सवारी निषेध
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
सुनसरीबाट ७८३ किलो गाँजासहित ट्रक नियन्त्रणमा
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन
जसपा नेपालको दुईवटा प्रदेश समितिको नेतृत्व चयन, आज कर्णाली प्रदेश अधिवेशन