चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समिति उपाध्यक्ष काठमाडौंमा
१ जेठ, काठमाडौं ।
चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति उपाध्यक्ष सियाओ जी चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका छन् । १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बुधबार राति काठमाडौं आएका उनी नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’मा सहभागी हुनेछन् । उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment