राष्ट्रिय सभाको अधिवेशन छठपछि बोलाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ ।
  • सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पूरानो सभाकक्षलाई व्यवस्थापन गरिँदैछ ।
  • संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो ।

२३ असोज, काठमाडौं।

राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पूरानो सभाकक्षलाई व्यवस्थापन गरिँदैछ । संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो । उनले भनेकी छन्, ‘पहिलेको राष्ट्रिय सभा अहिलेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई सभा बसाउनको लागि तयारी भइरहेको छ ।’ सहरी विकास मन्त्रालयको टोलीले निरिक्षण गरेपछि उक्त हलमा व्यवस्थापन गर्ने गरी काम सुरु भएको हो ।

उनका अनुसार हाल हल रहेको स्थानमै अगाडि ड्यास बनाइनेछ, दर्शकदिर्घा बनाइनेछ । सभाको लागि आवश्यक अन्य व्यवस्थापन गरिनेछ । यो काम सरकारसँगको समन्वयमै भएको उनले जानकारी दिइन् । राष्ट्रिय सभाको मात्रै अधिवेशन बोलाउन सक्ने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले सभा बसेपछि सांसदहरूले संकल्प प्रस्ताव, जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ध्यानाकर्षण प्रस्तावहरूमाथि छलफल हुन सक्ने बताइन् । राष्ट्रिय सभामा उत्पति भएर राष्ट्रिय सभामै रहेका विधेयकमाथि समेत छलफल गरेर पारित हुन सक्दछ । जो प्रतिनिधि सभाको चुनाव भएर आए लगत्तै पठाउन र सकिन्छ । दुवै सभाबाट पारित भएर राष्ट्रपतिकहाँ पुगेर प्रमाणीकरण भएपछि मात्रै विधेयक ऐनमा रुपान्तरित हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
फेसबुक, ट्वीटर, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
न्यायाधीशद्वय वासुदेव र ओमप्रकाशको इजलासमा, रवि र छविको मुद्दामा सुनुवाइ हुँदै
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
२ लाख ९ हजार बढी थपिए नयाँ मतदाता
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
शिक्षकहरुको तलब मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था मिलाउन स्थानीय तहरुमालाई परिपत्र
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
राष्ट्रियसभाबाट पनि पास भए पाँच अध्यादेश
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
मकवानपुरमा ६५ वर्षीय पुरुष मृ*त अवस्थामा फेला
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो