२६ जेष्ठ २०८२, आईतवार

स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना, २२ जना घाइते

 

३१ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका–२२ स्थित दहरा घुम्तीनजिकै स्तुपाबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ । ग १ ख ३८८६ नम्बरको बस नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी हरि बस्नेतका अनुसार, दुर्घटनामा परेर चालक र सहचालकसहित २२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको डीएसपी बस्नेतले जानकारी दिए । बसमा २६ जना सवार रहेको भन्ने बुझिएको प्रहरीले बताएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment