स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै बजेट बढाउनुपर्छ: स्वास्थ्यमन्त्री पौडेल

सारांश

  •    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा पार्नका लागि स्वास्थ्य क्षेत्रको बजेट बढाउनुपर्ने बताएका छन्।
  • चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई राज्यको प्राथमिकतामा पार्नका लागि विनियोजन हुँदै आएको बजेटलाई बढाउनुपर्नेमा जोड दिएका हुन्।
  • हाल स्वास्थ्य क्षेत्रमा कूल बजेटको ४ प्रतिशत मात्रै  विनियोजन हुँदै आएको तथा उक्त बजेट अन्र्तराष्ट्रिय मापदण्ड अनुसार पनि थोरै भएको मन्त्री पौडेलको भनाइ थियो।

 

२३ वैशाख, काठमाडौं ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा पार्नका लागि स्वास्थ्य क्षेत्रको बजेट बढाउनुपर्ने बताएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई राज्यको प्राथमिकतामा पार्नका लागि विनियोजन हुँदै आएको बजेटलाई बढाउनुपर्नेमा जोड दिएका हुन्।

हाल स्वास्थ्य क्षेत्रमा कूल बजेटको ४ प्रतिशत मात्रै  विनियोजन हुँदै आएको तथा उक्त बजेट अन्र्तराष्ट्रिय मापदण्ड अनुसार पनि थोरै भएको मन्त्री पौडेलको भनाइ थियो। यो पटकको बजेटमा ४ प्रतिशतबाट पनि घट्ने जोखिम छ,’ मन्त्री पौडेलले भने ‘स्वास्थ्य क्षेत्रमा लगानी न्यूनीकरणका लागि बीमा प्रणालीलाई व्यवस्थित गर्न आवश्यक छ।’ बीमालाई व्यवस्थित गर्न सके मात्रै कम लगानीमा उच्चतम स्वास्थ्य सेवा पाउने स्थिती आउने मन्त्री पौडेलको दाबी थियो। उनले २३ वर्षको अवधिको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थुप्रै जनशक्ति उत्पादन गर्नुका साथै थुप्रैलाई स्वास्थ्य सेवा समेत उपलब्ध गराएको बताए। आगामी केही वर्ष भित्र नै सबैभन्दा बढी स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रुपमा न्याम्स अगाडि बढिरहेको उनको भनाई छ। नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छ भन्ने स्थिती नरहेपनि चिकित्सकहरु टिकाउन भने एकदमै मुस्किल रहेको मन्त्री पौडेलको भनाई छ।\

काठमाडौं भित्रका स्वास्थ्य संस्थाहरुमा निर्वाह हुने जनशक्ति रहेपनि काठमाडौं बाहिर भने स्वास्थ्यकर्मी अभावको स्थिती रहेको उनले बताए। जनशक्ति उत्पादन गरी नेपालमै टिकाउने तथा दुरदराजसम्म पनि स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि जनशक्ति अभाव नरहने स्थिती बनाउन आवश्यक रहेको मन्त्री पौडेलको धारणा छ।  जनशक्ति उत्पादनमा समेत राज्यले लगाानी गर्ने वातावरण बनाउन आवश्यक रहेको मन्त्री पौडेलको जिकिर छ। ‘उत्पादित जनशक्तिलाई नेपाल भित्रै टिकाउने स्थिती बन्नुपर्छ,’ ‘स्वास्थ्यकर्मीहरुलाई व्यक्तिगत उन्नयनका लागि प्रोत्साहित गरिनुपर्छ’ ,मन्त्री पौडेलले भने ‘यसो गर्न सकेमा स्वास्थ्य जनशक्तिको क्षेत्रमा देखिएको समस्याको समाधान गर्न सकिन्छ’।  आगामी ५,७ वर्षमा गंगालाल अस्पतालमा मुटुको विशिष्टता हासिल गरेको चिकित्सक अभाव हुने परिस्थिती आउन सक्ने मन्त्री पौडेलको दाबी छ। ‘विज्ञापन गर्दा पनि चिकित्सक नपाउने स्थिती छ, यो गम्भीर अवस्था हो’, मन्त्री पौडेलले भने, ‘यो विषयलाई न्याम्सले गम्भीर ढंगबाट लिनुपर्छ’।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
बेलुनको गुच्छा पड्किँदा पोखरा महानगरका मेयर आचार्य घाइते
सुनको मूल्यमा नयाँ रेकर्ड
सुनको मूल्यमा नयाँ रेकर्ड
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
गोरखामा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ घाइते
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
सात महिनामै वैदेशिक अध्ययनमा बाहिरियो ६४ अर्ब १५ करोड
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
देउवा थाइल्याण्ड गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
सिराहामा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ
चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न पाँचजना पक्राउ