Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
३५ पटक हेरिएको
Shares
विनियोजन र खर्चबीचको खाडल पुर्न चाहन्छु : अर्थमन्त्री पौडेल

सारांश

  • उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन् ।
  • नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।
  • ’ यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे ।

 

२७ वैशाख, काठमाडौं ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विनियोजन र खर्चबीचको खाडल यस वर्ष पुर्ने प्रयासमा आफू रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले शनिबार काठमाडौंमा आयोजना गरेको प्रिबजेट छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विनियोजन र खर्चका बीचको खाडल हामीले नै खनेका हौं, यस वर्ष अर्थमन्त्री यो खाडल पुर्न चाहन्छ, सबैले साथ दिनुहोस ।’

यस वर्ष बजेटमा ७ हजार आयोजनामा ११ हजार आयोजना थपिएकोमा व्यङ्ग्यसमेत गरे । उनले संविधानको सीमाभित्र सबै बस्ने हो भने विनियोजनमा विकृति नहुने उनको भनाइ छ । अनुमान गरेभन्दा बाहिरबाट स्रोत सिर्जना हुँदा चालु खर्च बढ्ने गरेको उनले बताए । यस वर्ष अदालतको आदेश, शिक्षकका माग पूरा गर्दा दायित्व थप भएको उनको भनाइ छ । यो सामर्थ्यको दायराभन्दा माथि पुगेको उनको भनाइ छ । सामाजिक सुरक्षामा प्रतिस्पर्धा गर्दा विकृत्ति भएको उनको भनाइ छ । स्वास्थ बीमा नेपाललाई महत्त्वपूर्ण रहेको भए पनि स्रोत र खर्चमा खाडल रहेको उनले स्वीकार गरे । बहुवर्षीय स्रोत सुनिश्चिततामा अभिलेखमा समस्या रहेको भन्दै कैयौं दशकमा पूरा गर्न नसक्ने आयोजना रहेको उनको भनाइ छ ।  न्यून विनियोजना समेत अर्को समस्या रहेको उनको स्विकारोक्ति छ ।

राजस्वले साधारण खर्च धानिरहेको भन्ने देखाउन त्यै अनुसार बजेट लोड भैरहेको उनले उदाहरण दिए । ‘हामी समस्यै समस्याको चाङमा छौं, यो अवस्थाबाट अगाडि बढ्नुपर्ने छ,’ उनले भने । सामाजिक सुरक्षा, बिमामा दोहोरोपन रहेको भन्दै उनले बजेट प्रणालीका विकृति सुनाए । स्थानीय सरकारले पैसा बाढ्ने कार्यक्रममा जोड दिएका कारण यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए । संघीय सरकार पुँजी सिर्जना हुने आयोजनामा केन्द्रित हुनुपर्ने भन्दै उनले ठुला आयोजनामा यसवर्ष जोड दिइने उनको भनाइ छ । बजेट निर्माणको अभ्यासलाई वास्तविकता हुनुपर्नेमा आफू सहमत रहेको उनको भनाइ छ । कार्यान्वयन सुनिश्चितता सहितको बजेट निर्माणको कोसि भइरहेको उनले जानकारी दिए । स्रोतको लक्जरी नभएको भन्दै उनले त्यै सिमाभित्रै रहेर बजेट बन्ने उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
संसद् विघटनविरुद्ध पाँच रिट दायर
संसद् विघटनविरुद्ध पाँच रिट दायर
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जेनजी आन्दोलनमा भागेका अफ्रिकी कैदीले चार तलाबाट हामफाल्दा मृ*त्यु
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
७ दिनभित्र सूचीकरण हुन सामाजिक सञ्जालहरूलाई सरकारको आह्वान
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने
आशिका तामाङमाथि आपराधिक उपद्रवको मुद्दा, शुक्रबारसम्म हिरासतमै रहने
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम
नदी किनारको मापदण्ड २० मिटर बढाउने सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ: मेयर्स फोरम