सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता : अर्थमन्त्री

सारांश

  • उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् ।
  • मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उनले बताए ।
  • नेपालको १६औं योजनासँग तालमेल गरिएको भन्दै यसले आर्थिक रूपान्तरणमा भूमिका खेल्ने उनले बताए ।

६ साउन, काठमाडौं ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुशासन र संस्थागत सुदृढीकरण सरकारको प्राथमिकता भएको बताएका छन् । मंगलबार एसियाली विकास बैंक (एडीबी) को ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी २०२५–२०२९’ सार्वजनिक कार्यक्रममा अर्थमन्त्रीले एडीबीको यस रणनीतिले नेपालको विकासको आवश्यकता सम्बोधन गर्ने उनले बताए ।

नेपालको १६औं योजनासँग तालमेल गरिएको भन्दै यसले आर्थिक रूपान्तरणमा भूमिका खेल्ने उनले बताए । यो रणनीतिले निजी क्षेत्रको विकास, कृषिको आधुनिकीरणमा ध्यान दिएको उनको भनाइ छ । रणनीति कार्यान्वयनले गुणस्तरीय रोजगारी सिर्जना गर्ने उनको विश्वास छ । जलवायु परिवर्तनबाट नेपाल अत्यधिक प्रभावित मुलुक भएको भन्दै उनले यी क्षेत्रमा प्राप्त हुने सहयोगले दिगो भविष्य निर्माणमा सहयोग गर्ने समेत बताए ।

नवीकरणीय ऊर्जालाई सरकारले प्राथमिकता दिएको भन्दै सरकारका तर्फबाट सुशासन र संस्थागत सुदृढीकरणमा काम गरिने उनले बताए । भ्रष्टाचार नियन्त्रणमा ध्यान दिने प्रतिबद्धता उनले व्यक्त गरे । सरकारले एडीबी र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने भन्दै लगानी भित्र्याउने काममा रहेका अवरोध हटाइने बताए । प्रक्रिया सहजीकरण गरिने, पारदर्शिता कायम गरिने भन्दै उनले समग्रमा यस रणनीतिले नेपालको विकासमा महत्त्वपूर्ण योगदान गर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ: हमाल
सिंहदरबार कसैको निजी सम्पत्ति होइन्, भित्र छिर्न पाउनुपर्छ: हमाल
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
१७ जिल्लामा आकस्मिक बाढीको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
निजी विद्यालयलाई सम्पत्तिको हक छ, ढुक्क भएर लगानी गर्नुस् : प्रधानमन्त्री
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
अधिकृत स्तरको कर्मचारी नहुँदा समस्या
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
रातो मत्स्येन्द्रनाथको रथ जेठ ८ गते लगनखेलबाट जावलाखेल तानिने।
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
प्रधानमन्त्री ओली र लाओका राष्ट्रपति सिसौलिथबीच भेटवार्ता
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
‘युवा नेतृत्वलाई अग्रपंक्तिमा राखेर परिवर्तनको यात्रामा हातेमालो गर्न आवश्यक’
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
भारतमा ककरोच आन्दोलनले शिक्षामन्त्री फालिएपछि कसले पायो नयाँ जिम्मेवारी?
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर